लम्पी स्किन विरुद्धको खोप व्यवस्थापन गर्न कृषि मन्त्रालयलाई निर्देशन

काठमाडाैं | साउन १५, २०८०

लम्पी स्किन विरुद्धको खोप व्यवस्थापन गर्न कृषि मन्त्रालयलाई निर्देशन

काठमाण्डौ:  मुख्य सचिव बैकुण्ठ अर्यालले लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा उहाँले सङ्घीय, पालिका सरकार र निजी क्षेत्रको  सहकार्यमा छिटोभन्दा छिटो सेवा दिन सक्ने गरी तीन दिनभित्र कार्ययोजना बनाउन मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

 

देशभर लम्पी स्किनबाट ५० हजार गाईगोरु, बाच्छाबाच्छी, राँगाभैँसी तथा पाडापाडी मरेको पशुसेवा विभागको तथ्याङ्क छ । झण्डै ११ लाख पशु सङ्क्रमित भएकोमा ८ लाख जति निको भएका र २ लाखभन्दा धेरै सङ्क्रमित अवस्थामा रहेका विभागले जनाएको छ ।

 

विभागका अनुसार  ३ लाख ५० हजारभन्दा धेरै पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । लम्पी स्किन रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पहाडी क्षेत्रका पशु बढी सङ्क्रमित भएका छन्।

 

लम्पी स्किनले महामारीको रूप लिँदा पनि सरकारले खासै प्रभावकारी कदम नचालेको भन्दै किसानहरु आक्रोशित छन् । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्